सेल्सबेरीको ३०औं वार्षिकोत्सवमा दसैंको आकर्षक अफर – Nepal Press

सेल्सबेरीको ३०औं वार्षिकोत्सवमा दसैंको आकर्षक अफर

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्टल स्टोर्सले ३०औं वार्षिकोत्सवको अवसरमा आकर्षक छुट योजना सार्वजनिक गरेको छ ।

कम्पनीले वाइनमा २० प्रतिशतसम्म छुट प्रदान गरेको छ । इलेक्ट्रोनिक्स र हाउसहोल्ड सामग्रीमा १० देखि ३० प्रतिशत छुट प्रदान गरिएको सेल्सबेरीले जनाएको छ ।

त्यस्तै हिमालयन बैंकको एमेक्स क्रेडिट कार्डको प्रयोगमा एक हजार रुपैयाँसम्म क्यासब्याक पाउन सकिनेछ ।

ग्राहक तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै विशेष छुट प्रदान गर्ने गरी अफर ल्याइएको कम्पनीले जनाएको छ । अफर सेल्सबेरीका काठमाडौं उपत्यकामा रहेका सबै स्टोर र पोखरा क्षेत्रमा सेलवेजका सबै शाखामा लागू हुनेछ ।

घरायसी, खाद्यान्न तथा किचनका सामानहरुमा प्रदान हुने आकर्षक छुटले धेरै ग्राहक लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ । क्यासब्याक तथा आकर्षक उपहार योजनालाई समेत अफरमा समावेश गरिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर