एभरेष्ट बैंकको २९औं वार्षिक साधारणबाट १० प्रतिशत लाभाश पारित – Nepal Press

एभरेष्ट बैंकको २९औं वार्षिक साधारणबाट १० प्रतिशत लाभाश पारित

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

मंगलबार सम्पन्न बैंकको साधारण सभाले शेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को नाफाबाट १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद लाभांश ९बोनस शेयरमा लाग्ने कर समेत० वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ ।

बैंकले प्रस्तावित बोनस शेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी वृद्धि हुने जारी र चुक्ता पूँजी वृद्दि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव मसेत पारित गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर