स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. मदन उपाध्यायलाई – Nepal Press

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. मदन उपाध्यायलाई

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. मदन उपाध्यायलाई दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव उपाध्यायले मन्त्रालयमा गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुखको जिम्मेवारी सम्हाँल्दै आएका थिए । असोज २४ गते सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गरेपछि उक्त पद रिक्त थियो ।

कार्यकारी निर्देशक नियुक्त नहुञ्जेलसम्मका लागि उपाध्यायले निमित्तको जिम्मेवारी सम्हाल्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर