काठमाडौं उपत्यकाका यी स्थानमा हुँदैछन् पशु स्वास्थ्य परीक्षण – Nepal Press

काठमाडौं उपत्यकाका यी स्थानमा हुँदैछन् पशु स्वास्थ्य परीक्षण

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले काठमाडौं उपत्यकामा पशु स्वास्थ्य परीक्षणलाई तीव्रता दिएको छ ।

सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले कलङ्की खसी बजार, चोभार नाका, चाल्नाखेल, राँगा बजार, टुकुचा खसी बजार र खाद्य संस्थान, लोकन्थली खसी बजार, सल्लाघारी च्याङग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल लगायतका विभिन्न स्थानमा पशु स्वास्थ्य परीक्षणलाई तीव्रता दिएको जनाएको हो । पशु स्वास्थ्यपरिक्षण र नमुना संकलनका लागि ५८ जना जनशक्ति परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

सो क्रममा स्वस्थ पशुलाई हरियो रंग लगाउने, रोगी पशुलाई रातो रंग लगाउने र तुरुन्तै समूहबाट निकालेर बिक्री वितरणमा रोक लगाउने गरिएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै, चाडपर्व लक्षित गरेर दूग्ध विकास संस्थानबाट उत्पादित दूग्ध पदार्थको मूल्यमा कटौती गरिएको कृषि तथा पशुपक्षी विकास मन्त्रीडा बेदुराम भुसालले जानकारी दिए ।

मन्त्री भुसालले किसानले उत्पादन गरेको दूध पर्याप्त हुँदा बाहिरबाट दूध नल्याइने गरि काम भएको बताए । उनले दूधको कारोबार गर्ने संस्थाहरुले एक महिनाभन्दा बढि वक्यौता नगर्न भनिएको धारणा राखे । लम्पी रोगबाट प्रभावितहरुलाई राहत दिनका लागि कार्यविधि तयार पारेर अर्थ र गृह मन्त्रालयमा पठाइएको उनले जानकारी दिए ।

त्यस्तै, मन्त्री भुसालले खाद्य तथा दाना पदार्थ लक्षित बजार अनुगमनलाई पनि तीवता दिइएको बताए । सो क्रममा खाद्य ऐन प्रतिकुल उत्पादन गर्ने २ वटा उद्योगलाई सिलबन्दी गरिएको र १९ मुद्दा दायर गरिएको मन्त्रालयले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर