एमालेले चल्न दिएन मधेश प्रदेशसभा बैठक – Nepal Press

एमालेले चल्न दिएन मधेश प्रदेशसभा बैठक

जनकपुरधाम । मधेश प्रदेशसभा बैठक नेकपा एमालेका सांसदहरुले अवरुद्ध गरेका छन् । सरकारले मनोमानी गरेको भन्दै एमाले सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।

सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै एमाले सांसदहरुले उठेर विरोध गरेका थिए । सांसद दीपेन्द्र ठाकुरले प्रत्यक्ष निर्वाचित प्रतिनिधिको रोहवरमा उपभोक्ता समिति बनाउने र बजेट विनियोजन गर्ने सहमतिबाट मुख्यमन्त्री पछि हटेको आरोप लगाए ।

उनले भने, ‘सबै दलका नेतालाई राखेर मुख्यमन्त्रीले सहमति गर्नुभएको थियो । १५ दिनको समय मागेको थियो । तर, महिनौं बित्दा पनि चासो नदिएर आफ्नो कामकारबाही अगाडि बढाउनु भएको छ ‌। त्यसैले हामीलाई जवाफ चाहियो ।’

उठेर विरोध गरिरहेका एमाले सांसदहरुलाई बस्न सभामुख मण्डलले पटक पटक आग्रह गरेका थिए । तर, उनीहरु मुख्यमन्त्री वा सरकारबाट जवाफ नआएसम्म बैठक अवरुद्ध गर्ने भनेपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर