त्रिकोणात्मक टी-२० शृंखलाका लागि नेपाली टीमको घोषणा : ललितको कमव्याक, सन्दीप अनुपस्थित – Nepal Press

त्रिकोणात्मक टी-२० शृंखलाका लागि नेपाली टीमको घोषणा : ललितको कमव्याक, सन्दीप अनुपस्थित

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली टीमको घोषणा भएको छ । बुधबारदेखि सुरू हुने शृंखलामा यूएई र हङकङ पनि छन् । प्रतियोगिता विश्वकप छनोटको तयारीस्वरुप नेपालले आयोजना गर्न लागेको हो ।

१८ सदस्यीय नेपाली टोलीमा ललितनारायण राजवंशी फर्किएका छन् । उनी यसअघि घाइते थिए । रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख छन् । गुल्सन झा, विवेक यादब र अविनाश बोहरा पनि टोलीमा छन् ।

सन्दीप लामिछाने भने टोलीमा समावेश छैनन् । अदालतमा विचाराधीन मुद्दाको सुनुवाइमा ढिलासुस्ती गरिएको भन्दै उनले केही दिनअघि राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर