दशैंका लागि नयाँ नोट साट्नुभयो ? तस्बिरमा हेर्नुहोस् बैङ्कहरूमा सर्वसाधारणको भिड – Nepal Press

दशैंका लागि नयाँ नोट साट्नुभयो ? तस्बिरमा हेर्नुहोस् बैङ्कहरूमा सर्वसाधारणको भिड

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजदेखि दशैंका लागि नयाँ नोट वितरण शुरु गरेको छ । केन्द्रीय बैंकको बालुवाटारस्थित कार्यालयबाट नयाँ नोट वितरण शुरु गरेको हो ।

सर्वसाधारण बिहानैदेखि राष्ट्र बैङ्कमा पैसा साट्नेको लाइन लागेका छन् । दशैंमा नयाँ नोटको विशेष महत्त्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । ५, १०, २० ५० १०० ५०० र १००० को नयाँ नोट साट्न पाउनेछ ।

बैङ्कका अनुसार यस वर्ष प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध हुनेछ । यो पटक क्यूआर कोडबाट समेत पैसा साट्न सकिने व्यवस्था गरिएको छ ।

बैङ्क तथा वित्तीय संस्थाबाटै नोट साट्न सकिने छ भने राष्ट्र बैङ्क र प्रादेशिक कार्यालयहरुबाट समेत नयाँ नोट साट्न पाइने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर