प्रधानमन्त्री आज कैलाली आउँदै, यी कार्यक्रममा हुनेछन् सरिक – Nepal Press

प्रधानमन्त्री आज कैलाली आउँदै, यी कार्यक्रममा हुनेछन् सरिक

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज कैलाली आउँदै छन् । समाजवादी मोर्चाको सन्देशसभा लगायतका विभिन्न कार्यक्रममा सरिक हुन प्रधानमन्त्री कैलाली आउन लागेका हुन् ।

श्री एयरको नियमित उडानबाट बिहान सवा नौ प्रधानमन्त्री धनगढी ओर्लने छन् । त्यहाँबाट प्रधानमन्त्री लम्की प्रस्थान गर्ने छन् ।

लम्कीमा माओवादी प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री सरिक हुनेछन् ।

घोडाघोडी बहुमुखी क्याम्पस भवनको शिलान्यास गर्ने र गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गर्ने समेत कार्य सुची रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड करिब दुई बजे धनगढीमा समाजवादी मोर्चाको सभामा सहभागी हुने र बेलुकी साढे पाँच श्रीको उडानबाट काठमाडौँ फिर्ता हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर