काभ्रेको पाँचखालमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, राजमार्ग अवरुद्ध – Nepal Press

काभ्रेको पाँचखालमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, राजमार्ग अवरुद्ध

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखालमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

अरनिको राजमार्गको पाँचखाल नगरपालिका ६ चामुण्डा पेट्रोल पम्प अगाडि धुलिखेलतर्फ आउँदै गरेको बा ७२ प ९७६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बागमती प्रदेश ०२-०२४ प २५०१ नं. को स्कुटर ठोक्किएर लडेको अवस्थमा टिपरले आएर मोटरसाइकल चालकलाई ठक्कर दिएको थियो ।

बागमती प्रदेश ०१-००४ क २३२८ नम्बरको टिपरले ठक्कर दिँदा पाँचखाल ६ का ५० वर्षीय नारायण तिमिल्सिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयले टिपरले आफ्नो समय अगाडि नै कुदेको र दुर्घटना गराएको आरोप लगाउँदै शव उठाउन नदिएपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *