दुलहीझैं सिंगारिएको गहवामाई मन्दिरमा श्रद्धालु भक्तजनको घूँइचो – Nepal Press

दुलहीझैं सिंगारिएको गहवामाई मन्दिरमा श्रद्धालु भक्तजनको घूँइचो

जनकपुरधाम । पर्साको वीरगन्जस्थित प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिरमा आज घटस्थापनाको पहिलो दिन श्रद्धालु भक्तजनको घूँइचो लागेको छ ।

गहवामाई मन्दिर हिन्दु धर्मावलम्बीको विश्वास र आस्थाका केन्द्रका रूपमा स्थापित भएको छ । प्रत्येक वर्ष दशैंमा घटस्थापनादेखि पुर्णिमासम्म श्रद्धालु भक्तजनहरूको घुइचो लाग्छ । मन्दिरलाई दुलहीझैं सिंगारिएको छ ।

दशैंभर सांझको समयमा महिलाहरु दियो बाल्न महिलाहरु मन्दिर पुग्ने गर्छन् । आजैबाट मन्दिर क्षेत्रमा भव्य मेला लागेको छ । मन्दिर क्षेत्रमा लगाएको रंगिविरंगी लाइटले सो क्षेत्र सर्वसाधारणलाई आकर्षित गरिरहेको छ ।

स्थानीयका अनुसार यहाँ नवरात्री बेलामा बिहान ४ बजेदेखि नै घुइचो लागिसक्छ । अष्टमीको दिन देवीलाई पशुबली पनि चढाइन्छ । गहवामाईलाई त्यस क्षेत्रका बासिन्दाले अत्यधिक शक्तिशाली मानिने श्रद्धापूर्वक पूजापाठ गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *