कोशीमा एमाले र विद्रोही कांग्रेसको सरकार गठन, मुख्यमन्त्रीसँगै दुवै पक्षबाट एक-एकजना मन्त्रीको शपथ – Nepal Press

कोशीमा एमाले र विद्रोही कांग्रेसको सरकार गठन, मुख्यमन्त्रीसँगै दुवै पक्षबाट एक-एकजना मन्त्रीको शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शपथ लिएका छन् । उनलाईं प्रदेश प्रमुख परशुराम खापुङ्गले पद तथा गोपनीयताको शपथ गराए । सुरूमा एमालेबाट २ जना र कांग्रेसबाट १ जनालाई मन्त्री नियुक्त गर्ने तयारी थियो ।

तर, केदार कार्कीलाई साथ दिएका सांसदमध्येबाट २ जनालाई बनाउनुपर्ने भएपछि आज मुख्यमन्त्रीसहित दुवै पक्षबाट १-१ जनाको मात्र शपथ गराइएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीबीचको छलफलमा एमालेबाट २ जना मन्त्रीको शपथ गराउने तयारी थियो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की डा. शेखर कोइराला र केपी ओलीलाई भेटेर आएपछि एमालेबाट आजै २ जना मन्त्री बनाउने तयारीमा थिए ।

एमालेबाट राम राना र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी भएको भए पनि रानालाई मात्रै शपथ गराइएको छ । कांग्रेसबाट शम्सेर राई मन्त्री नियुक्त भएका छन् ।

विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर