रुपन्देही क्षेत्र नं २ मा कांग्रेस संस्थापन समूहका प्रजापाल गिरी विजयी – Nepal Press

रुपन्देही क्षेत्र नं २ मा कांग्रेस संस्थापन समूहका प्रजापाल गिरी विजयी

रुपन्देही । नेपाली कांंग्रेस रुपन्देही क्षेत्र नं २ को सभापतिमा संस्थापन समूहका प्रजापाल गिरी विजयी भएका छन् ।

बुटवल क्षेत्रमा कमजोर रहेको संस्थापन पक्षबाट उम्मेदवारी दिएका युवा नेता गिरीले केही समयअघि संस्थापन समूहबाट शेखर समूहमा गएर सभापतिको उम्मेदवार बनेका परशुराम ढकाललाई फराकिलो मतान्तरले हराएका हुन् ।

अन्तिम परिणामअनुसार सभापति पदमा गिरीले ३४६ मत पाए भने प्रतिस्पर्धी परशुराम ढकालले २४५ मत मात्र पाएका थिए । बुटवल क्षेत्रमा धेरै समययता संस्थापन समूहको नेतृत्व गरिरहेका बालकृष्ण खाँणको पक्ष कमजोर रहेको थियो ।

पटक पटकका आन्तरिक निर्वाचनमा समेत शेखर समूहले जित्ने गरेको थियो तर अहिले त्यसको परिणाम उल्टो आएको छ ।

बालकृष्ण खाण आफै बाहिर नभएको अवस्थामा गिरीको जितले त्यो समूहलाई ऊर्जा थपेको निकटस्थ नेताहरू बताउँछन् ।

तर सँगै भएको निर्वाचनमा सहसचिवमा २९७ मतसहित शेखर समूहकी संगीता गौतम अर्याल विजयी भइन् भने संस्थापन समूहका विष्णुप्रसाद चापागाईँले २८९ मत मात्र पाएका थिए ।

स्थानीय तहको निर्वाचनअघि क्षेत्रीय सभापति हरि लम्सालले पार्टीबाट राजीनामा दिएपछि सभापति पद रिक्त थियो।

त्यस्तै तत्कालीन सहसचिव राजबहादुर क्षेत्री रास्वपा प्रवेश गरेपछि उक्त पद पनि रिक्त थियो ।

रिक्त पदमा शनिवार निर्वाचन भएको हो । गिरी पार्टीको १४ औँ महाधिवेशनबाट क्षेत्रीय सचिव पदमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर