पदीय जिम्मेवारी पूरा नगरेकाे भन्दै मन्त्री बस्नेतले गरे स्वास्थ्य बीमा बाेर्डका कार्यकारी निर्देशकलाई निलम्बन – Nepal Press

पदीय जिम्मेवारी पूरा नगरेकाे भन्दै मन्त्री बस्नेतले गरे स्वास्थ्य बीमा बाेर्डका कार्यकारी निर्देशकलाई निलम्बन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई पदबाट निलम्बन गरेकाे छ ।

उनलाई मन्त्रीस्तरीय निर्णयबाट पदीय जिम्मेवारी ठीक ढंगले पूरा नगरेकाे भन्दै स्पष्टीकरण सोधिएको थियाे ।

उनलाई असोज २४ बसेको मन्त्रिपरिषदको बैठकको निर्णय बमोजिम स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २४ अनुरुपको काम, कर्तव्य जिम्मेवारीपूर्वक पूरा नगरेको तथा खण्ड (ख) र (घ) बमोजिमको पदीय जिम्मेवारी पूरा नगरेको तथा दफा ३७ बमोजिम मन्त्रालयका निर्देशन पालना नगरेको भन्दै शुक्रबार मन्त्रीस्तरको निर्णयानुसार सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको उपसचिव कृष्ण थापाले जानकारी दिएका छन् ।

त्यस्तै, त्यसलगत्तै बसौलालाई आज नै पदबाट निलम्बन पनि गरिएको उपसचिव थापाले जानकारी दिएका छन् । उनलाई गैरजिम्मेवारीपूर्ण काम कारबाही गरेको जसले गर्दा स्वास्थ्य बीमा बोर्डलाई हानी नोक्सानी समेत गर्न सक्ने र आफूमाथि लागेको आरोपको प्रमाण नष्ट गर्न सक्ने भन्दै स्वास्थ्य बीमा एने, २०७४ को दफा २५ को उपदफा (४) बमोजिम बढीमा ३ महिनाको लागि कार्यकारी पदबाट आजैको मितिबाट लागू हुने गरी निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।

 


प्रतिक्रिया

One thought on “पदीय जिम्मेवारी पूरा नगरेकाे भन्दै मन्त्री बस्नेतले गरे स्वास्थ्य बीमा बाेर्डका कार्यकारी निर्देशकलाई निलम्बन

  1. सबैभन्दा पदीय जिम्मेवारी पूरा नगर्ने मन्त्री मोहन नै हो । उसलाई बर्खास्त गर । ३ करोडमा नियुक्त गर्न एकजना तयार छन् । त्यो पैसा खान बसौलालाई बर्खास्त गरेको हो । यस्ता गुण्डागर्दी गर्ने मन्त्रीलाई मुद्दा हालेर तह लगाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर