मणिपाल अस्पताल तोडफोड गर्ने २ जना पुर्पक्षका लागि जेल चलान – Nepal Press

मणिपाल अस्पताल तोडफोड गर्ने २ जना पुर्पक्षका लागि जेल चलान

पोखरा । मणिपाल शिक्षण अस्पताल तोडफोड गर्ने २ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । छावा भन्ने शुशिल कार्की र विनय गुरुङलाई पुर्पक्षका लागी कारागार चलान गर्न अदालतले आदेश दिएको हो ।

संजय पीडित भनिने सुजित मुल्मी, अभिनाश गुरुङ, अरुण गुरुङ, नितेश गुरुङ, विवेक गुरुङ, मनिष थापा र प्रदीप गुरुङलाई भने जनही १ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

पहिचान खुलेका १० जना र पहिचान नखुलेका अन्य व्यक्तिहरू फरार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीले ९ जनालाई पक्राउ गरी स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने कसुरमा अनुसन्धान प्रकृया अगाडि बढाई सरकारी वकिल कार्यालयमार्फत अदालत पेश गरेको थियो ।

गत भदौ ८ गते लमजुङकी ५७ वर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्तले डा. अनिल शाहमाथि कुटपिट र अस्पतालमा तोडफोडसमेत गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर