मुख्यमन्त्री नियुक्ति टार्न प्रदेश प्रमुखलाई केन्द्रबाटै दबाब, भोलि दुवैपक्षका सांसदको सनाखत हुने – Nepal Press

मुख्यमन्त्री नियुक्ति टार्न प्रदेश प्रमुखलाई केन्द्रबाटै दबाब, भोलि दुवैपक्षका सांसदको सनाखत हुने

काठमाडौं । सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री नियुक्ति तत्काल नगर्न प्रदेश प्रमुखलाई केन्द्रबाटै दबाब दिएपछि शुक्रबारको डेडलाइन टरेको छ ।

आफैैंले दिएको समय सकिएपछि पनि बहुमत सांसदको हस्ताक्षरसहित सशरीर उपस्थित भएका केदार कार्की पक्षलाई उनले सनाखत गरेरमात्र नियुक्ति गर्ने अडान प्रदेश प्रमुखले लिएका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले साँझ सूचना जारी गर्दै भोलि शनिबार विहान ८ देखि २ बजेसम्म दुवै पक्षका दाबीकर्तालाई सनाखतका लागि बोलाइएको छ ।

केन्द्रमा कांग्रेस बैठकमा प्रधानमन्त्री प्रचण्ड समेत सहभागी भएर कांग्रेसबाटै अर्को नाम दिन वा गठबन्धनका उम्मेदवार इन्द्र आङ्बोलाई समर्थन गर्नका लागि गरिएको आग्रह डा.शेखर कोइरालाले नमानेपछि प्रदेश प्रमुखलाई आज नियुक्ति नगर्न दबाब परेको थियो ।

केन्द्रबाटै गठबन्धनका नेताहरुले शनिबार बिहानसम्म सहमतिको प्रयास भइरहेको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङलाई आजको रात टार्न दबाब दिइएको स्रोतले जनाएको छ । त्यसपछि उनले गठबन्धनलाई पर्याप्त समय पुग्नेगरी दिउँसो २ बजेसम्मको समय दिएर सूचना टाँसेका हुन् ।


प्रतिक्रिया

3 thoughts on “मुख्यमन्त्री नियुक्ति टार्न प्रदेश प्रमुखलाई केन्द्रबाटै दबाब, भोलि दुवैपक्षका सांसदको सनाखत हुने

  1. शासन केन्द्रबाट गर्ने अनी प्रदेश मजबुत बनाउने, गणतन्त्र सुद्रिढ गर्ने रे लुटेरा गठबन्दन : अझ हुन रे गणतन्त्रका जन्मदाता !!
    काङ्रेशका साम्सद किन्बेचको मोल्मोलाई का लागि समय २ दुस्ट ब्यापारी समय मिलाएर लागे :: प्रचन्ड देउवाको ‘हल’ कस्तो मिलेको हो :: प्रचन्डको हातमा भएको ‘चुप्पी’ देखेका छन कत्तिले हँ !?

  2. यो अहिलेको गठबन्धन सरकार आतंक मच्चाउने जस्तो लाग्यो प्रदेश स्वायत्त होइन र? अझै कानून बिपरित प्रदेश प्रमुखलाई मुख्यमन्त्री हुन पाँउने हस्ताक्षर बुझाइ शसरिर उपस्तिथि जनाउदा पनि रोक्न मिल्छ । प्रदेश प्रमुख को भुमिका??

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर