कांग्रेस कोशी बैठक : मुख्यमन्त्रीको दाबी फिर्ता लिन केदार कार्कीसहितका सांसदलाई निर्देशन – Nepal Press

कांग्रेस कोशी बैठक : मुख्यमन्त्रीको दाबी फिर्ता लिन केदार कार्कीसहितका सांसदलाई निर्देशन

विराटनगर । नेपाली कांग्रेस कोशी कार्यसम्पादन समिति बैठकले मुख्यमन्त्रीको दाबी फिर्ता लिन केदार कार्कीसहितलाई निर्देशन दिएको छ ।

प्रदेश संसदीय दललाई केन्द्रीय गठबन्धनले गरेको निर्णय कार्यान्वयनका लागि अनुरोध गरिएको प्रदेश महामन्त्री उमेश थापाले बताए । उनले केदार कार्की र समर्थन गरेका अन्य ७ सांसदलाई हस्ताक्षर फिर्ता लिन निर्देशन गरिएको  जानकारी दिए ।

गठबन्धनले इन्द्र आङ्बोलाई अघि सारेलगत्तै शेखर पक्षका कार्कीले एमालेसँगको समीकरण बनाएर कांग्रेसका थप ७ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गरेका छन् ।

पार्टीलाई एकतावद्ध बनाउन संसदीय दलसमक्ष अनुरोध गर्नुको साथै केन्द्रको थप निर्देशनको निर्णय अधिकार प्रदेश पदाधिकारीलाई दिने निर्णय पनि गरिएको छ ।

कांग्रेस कोशी कार्यसम्पादन समितिमा ३१ जना सदस्य छन् । आजको बैठकमा १४ जनाले मात्रै हस्ताक्षर गरेका छन् । बैठकमा आएर पनि केहीले हस्ताक्षर गरेनन् ।

प्रतिक्रिया

One thought on “कांग्रेस कोशी बैठक : मुख्यमन्त्रीको दाबी फिर्ता लिन केदार कार्कीसहितका सांसदलाई निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर