जितपुर सिमराका पूर्वमेयर तथा एमाले नेता पौडेल मृत फेला – Nepal Press

जितपुर सिमराका पूर्वमेयर तथा एमाले नेता पौडेल मृत फेला

जनकपुरधाम । बाराको जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर तथा नेकपा एमाले नेता कृष्ण पौडेल घरमै मृत फेला परेका छन् ।

नेता पौडेल आज साँझ जितपुर सिमरा उपमहानगरपालिका २ स्थित घरमै मृत भेटिएका हुन् ‌। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले पौडेल मृत फेला परेको पुष्टि गरे ।

घरमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको छ । उनको मृत्यू कसरी भएको विषयमा अहिले केही नखुलेको र प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको डीएसपी न्यौपानेले बताए ।

नेकपा एमाले मधेश प्रदेशका पूर्वसचिवसमेत रहेको पौडेलको मृत्यु रहस्यमयी देखिएको छ । एमाले मधेश प्रदेश समितिको अधिवेशनसमेत चलिरहेको बेला उनी मृत फेला परेपछि धेरैले आश्चर्य मानेका छन् ।

 


प्रतिक्रिया

One thought on “जितपुर सिमराका पूर्वमेयर तथा एमाले नेता पौडेल मृत फेला

  1. घरमा मृत्यु र प्रदेश अधिवेशन अनि रहस्य । यस्ता वाहियात झोले पत्रकार । अधिवेशन स्थलमा भए लौ लेख्यो भन्नू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर