घरेलु मैदानमा बराबरीमा रोकियो नेपाल, अब लाओसको मैदानमा हुने खेल निर्णायक – Nepal Press

घरेलु मैदानमा बराबरीमा रोकियो नेपाल, अब लाओसको मैदानमा हुने खेल निर्णायक

काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत पहिलो चरणको खेलमा नेपाल र लाओसले बिहीबार बराबरी खेलेका छन् । दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीबाट १-१ गोल गरेका हुन् ।

लाओसले खेलको ३३औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । तर अञ्जन विष्टले खेलको ४८औं मिनेटमा हेडमार्फत गोल गर्दै नेपाललाई बराबरीमा ल्याए ।

त्यसपछि केही राम्रा अवसर पाए पनि नेपालले सदुपयोग गर्न सकेन । नेपाल अब अवे खेलअन्तर्गत अर्काे खेल लाओसमा खेल्नेछ । अवे खेल अक्टोबर १७ तारिखमा लाओसको मैदानमा हुनेछ।

खेलमा नेपालको तर्फबाट गोल गर्दै अञ्जन सर्वाधिक गोलकर्ताको कीर्तिमानमा बराबरी गर्न सफल भए ।

विष्ट सिनियर अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक १३ गोल गर्ने राष्ट्रिय कीर्तिमान बराबरी गर्न सफल भएका हुन् ।

नेपालको लागि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको राष्ट्रिय कीर्तिमानमा निराजन रायमाझी र हरि खड्काले १३–१३ गोल गरेका छन् ।

अञ्जनले सन् २०१४ देखि सिनियर अन्तर्राष्ट्रिय फुटबल खेलिरहेका छन् । हरिको कीर्तिमानलाई निराजनले सन् २००८ मा बराबरी गरेका थिए । भने निराजनको कीर्तिमानमा आज विष्टले बराबरी गरेका छन् ।

तस्वीरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर