गठबन्धनले पुरानो हस्ताक्षर दुरुपयोग गरेको भन्दै कांग्रेसका ८ सांसद सशरीर प्रदेश प्रमुखसमक्ष उपस्थित (भिडिओ) – Nepal Press

गठबन्धनले पुरानो हस्ताक्षर दुरुपयोग गरेको भन्दै कांग्रेसका ८ सांसद सशरीर प्रदेश प्रमुखसमक्ष उपस्थित (भिडिओ)

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका केदार कार्कीसहितका कांग्रेसका प्रदेशसभा सदस्यरुले कोशी प्रदेशका प्रदेश प्रमुख समक्ष सशरीर उपस्थित भएर आफूहरुले दोहोरो हस्ताक्षर नगरेको बताएका छन् । उनीहरुले आफैं उपस्थित भएर हस्ताक्षर बुझाँउदै आफुहरुले अरु कसैलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर नगरेको बताएका छन् ।

उनीहरुले अरु कसैले आफ्नो हस्ताक्षर पेश गरेको भए त्यो झुटो भएको समेत बताएका छन् । पछाडि बुझाएको हस्ताक्षरमा दलको उप नेताबाट राजीनामा दिएका हिमाल कार्कीले समेत हस्ताक्षर गरेका छन् ।

प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउन रामकुमार खत्री, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र उदयपुरकै लीलाकुमारी राई उपस्थित भएका छन् । यस्तै, सुनिता गुरुङसमेत सशरीर उपस्थित भएकी थिइन् ।


प्रतिक्रिया

2 thoughts on “गठबन्धनले पुरानो हस्ताक्षर दुरुपयोग गरेको भन्दै कांग्रेसका ८ सांसद सशरीर प्रदेश प्रमुखसमक्ष उपस्थित (भिडिओ)

  1. म्याङ्वोलाइ लाज हुनुपर्ने हो । म तलाई मुख्यमन्त्री मान्दिन भन्दा पनि साँसदको हस्ताक्षर चोरेर, दुरूपयोग गरेर दावि पेश गर्ने ? यस्ता फटाहाहरूले देश बेच्छन् ।

  2. म्याङ्वोलाइ लाज हुनुपर्ने हो । म तलाई मुख्यमन्त्री मान्दिन भन्दा पनि साँसदको हस्ताक्षर चोरेर, दुरूपयोग गरेर दावि पेश गर्ने ? यस्ता फटाहाहरूले देश बेच्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर