एमाले रुपन्देहीले असोज २९ सम्म सदस्यता नवीकरण गर्ने – Nepal Press

एमाले रुपन्देहीले असोज २९ सम्म सदस्यता नवीकरण गर्ने

रुपन्देही । नेकपा एमाले रुपन्देहीले यसअघि सदस्यता नवीकरणमा छुटेका कार्यकर्तालाई असोज २९ सम्म समावेश गर्ने भएको छ । बिहीबार बसेको सचिवालय बैठकले पार्टी सदस्यता नवीकरण गर्ने समय असोज २९ सम्मलाई थप गर्दै जिल्ला अधिवेशनको मिति अर्को बैठकले गर्ने निर्णय गरेको अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।

बैठकमा पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज दलबहादुर रानाले बाह्य शक्तिहरु नेपालको आन्तरिक राजनीतिमा खेल्न खोजेको र यसका लागि यो सरकार सहयोगी रहेको आरोप लगाएका थिए । उनले अहिलेको राजनैतिक तथा आर्थिक संकटबाट मुक्त हुने कुनै उपाय यो सरकारसंग नरहेकोले सरकारबाट धेरै आशा गर्न सकिने अवस्था नरहेको बताए ।

अर्का पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले पार्टी जीवनलाई संगठित गर्दै चलायमान गराउन सबै कार्यकर्ता जनतासँग र सबै नेता कार्यकर्तासंग जाने गरी कार्यक्रम बनाउन आग्रह गरे । सो बैठकमा लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय सदस्य गोमादेवी आचार्य र उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले पनि सुझाव दिएका थिए ।

बैठकले चाडवाड लक्षित कार्यक्रम शुभकामना आदानप्रदान कार्यक्रम कात्तिक १८ गते पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा गर्ने, तिहारमा सवै तहमा देउसी भैलोको कार्यक्रम गर्ने निर्णय गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर