लाओससँग भिड्दै गर्दा राष्ट्रिय कीर्तिमान बराबरी नजिक स्ट्राइकर अञ्जन विष्ट – Nepal Press

लाओससँग भिड्दै गर्दा राष्ट्रिय कीर्तिमान बराबरी नजिक स्ट्राइकर अञ्जन विष्ट

काठमाडौं । विश्वकप फुटबल छनोटको पहिलो चरणको होम खेलमा नेपालले दशरथ रंगशालामा लाओससँग प्रतिस्पर्धा गर्दैछ ।

यो खेलमा नेपाललाई दाबेदार टोलीका रुपमा हेरिएको छ । होम एन्ड अवे आधारमा हुने पहिलो चरणको विजेता अगाडि बढ्नेछ ।

नेपालले खेलिरहँदा फुटबल समर्थकको नजर स्ट्राइकर अञ्जन विष्टमाथि पनि हुनेछ । विष्ट नेपालका लागि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको राष्ट्रिय कीर्तिमान बराबरी गर्न एक गोलले मात्र पछाडि छन् ।

निराजन रायमाझी र हरि खड्काले १३-१३ गोल गरेका छन् । अञ्जनको नाममा १२ गोल छ । अञ्जनले सन् २०१४ देखि सिनियर अन्तर्राष्ट्रिय फुटबल खेलिरहेका छन् । हरिको कीर्तिमानलाई निराजनले सन् २००८ मा बराबरी गरेका थिए । त्यसयता उनीहरुलाई कसैले पनि भेट्न सकेको छैन ।

लाओसले हालसम्म नेपाललाई हराउन सकेको छैन । चार पटक प्रतिस्पर्धा गरेकोमा नेपालले तीन जीत र एक बराबरीको नतिजा निकालेको छ । अन्तिम पटक गत मार्चमा यी दुई टोलीबीच प्रतिस्पर्धा भएकोमा नेपाल २-१ गोलले विजयी भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर