झापामा पहिचानवादीसँग मिसिए दुर्गा प्रसाईँका कार्यकर्ता, महेश बस्नेत सहभागी कार्यक्रमका गाडी फुटाइयो (भिडिओ) – Nepal Press

झापामा पहिचानवादीसँग मिसिए दुर्गा प्रसाईँका कार्यकर्ता, महेश बस्नेत सहभागी कार्यक्रमका गाडी फुटाइयो (भिडिओ)

काठमाडौं । झापामा एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रम चलिरहेको बेला पार्किङमा राखिएको एमाले कार्यकर्ताको गाडी फुटाइएको छ ।

पहिचानवादीको भेलामा दुर्गा प्रसाईँका कार्यकर्ता मिसिएर अर्जुनधारामा भएको राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशनको क्रममा गाडी तोडफोड गरिएको हो । महेश बस्नेतले भाषण गरिरहेका बेला बाहिर रोकेर राखिएको एक दर्जन जति गाडी तोडफोड भएको प्रत्यक्षदर्शीले बताए ।

कार्यक्रममा अवरोध प्रयाससमेत गरिएको थियो ।

गाडी फुटाउने समूहको अगुवाइ गर्ने दुर्गा प्रसाईँनिकट विक्रम सुब्बा पक्राउ परेका छन् । सुब्बाले प्रसाईँलाई कालोमोसो दलिएपछि विर्तामोडमा जुलुससमेत निकालेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर