उद्धारका लागि गएको नेवानीको विमान इजरायल अवतरण – Nepal Press

उद्धारका लागि गएको नेवानीको विमान इजरायल अवतरण

काठमाडौं । नेपालीको उद्धारका लागि बिहीबार बिहान उडेको नेपाल एयरलाइन्सको विमान इजरायल अवतरण भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान साढे २ बजे उडेको विमान इजरायलको बेन गुरियन विमानस्थलमा अवतरण गरेको हो ।

परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेवानीको विमान उद्धारका लागि इजरायल पठाइएको हो । क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्र्यू मेम्बरले उद्धार उडान भरेका हुन् ।

विमान दुई घण्टा उक्त एयरपोर्टमा रहेर आज राति सवा ९ बजेतिर काठमाडौं अवतरण गर्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *