ड्राइभिङ लाइसेन्सको राजस्व अनलाइनबाटै तिर्न सकिने, एकान्तकुनाबाट सुरू – Nepal Press

ड्राइभिङ लाइसेन्सको राजस्व अनलाइनबाटै तिर्न सकिने, एकान्तकुनाबाट सुरू

काठमाडौं । बागमती प्रदेशको एकान्तकुनामा रहेको यातायात कार्यालयमा सवारी चालक अनुमति पत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने प्रणालीको सुरूवात भएको छ । पहिलो चरणमा एकान्तकुनाबाट यो सेवा सुरू गरिएको हो ।

‘सवारी चालक अनुमतिपत्रको अनलाइन राजस्व भुक्तानी सहितको विद्युतीय सेवा प्रवाह प्रणाली विस्तार’ सेवाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरे ।

केही समयपछि बागमतीका सबै यातायात कार्यालयमा अनलाइनबाट नै ड्राइभिङ लाइसेन्सको राजस्व तिर्न सकिने उनले बताए ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बागमती प्रदेशको सबै कार्यालय हुँदै देशभर यो सेवा सुरू गर्ने योजना सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *