पीएसओ र ड्राइभरको विवरण तत्काल उपलब्ध गराउन गृह मन्त्रालयलाई संसदीय समितिद्वारा पत्राचार – Nepal Press

पीएसओ र ड्राइभरको विवरण तत्काल उपलब्ध गराउन गृह मन्त्रालयलाई संसदीय समितिद्वारा पत्राचार

काठमाडौं । व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ) र ड्राइभरको विवरण सरकारसँग तत्काल उपलब्ध गराउन संसदीय समितिले पत्राचार गरेको छ ।

असोज ७ गते बसेको समितिको बैठकले गृह मन्त्रालयलाई पत्र पठाएर १५ दिनभित्र पीएसओ र ड्राइभरको विवरण उपलब्ध गराउन निर्देशन दिएको भए पनि १५ दिनभित्र विवरण उपलब्ध नगराएपछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले पुन मन्त्रालयलाई पत्राचार गरेको हो ।

विवरण प्राप्त भएपछि त्यसको प्रयोग–दुरुपयोगका सम्बन्धमा समितिमा छलफल गरिने समितिका सभापति रामहरि खतिवडाले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार पिएओलाई घरायसी काममा लगाउने लगायतका प्रवृत्तिका विषयमा सार्वजनिक रूपमा समेत प्रश्न उठिरहेको भनी वास्तविकता बुझ्न समितिले विवरण माग गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *