हेटौंडामा चिकित्सकलाई आक्रमण गर्ने अभियोगका ६ जना धरौटीमा रिहा – Nepal Press

हेटौंडामा चिकित्सकलाई आक्रमण गर्ने अभियोगका ६ जना धरौटीमा रिहा

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १ भिन्तुनापथ स्थित सन्चो अस्पतालमा चिकित्सकमाथि आक्रमणको अभियोगमा पक्राउ परेका ६ जना धरौटीमा रिहा भएका छन् ।

गत भदौ २७ सञ्चो हस्पिटलमा बिरामीको उपचार गरिरहेका चिकित्सकलाई सांघातिक आक्रमण गरेको अभियोगमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनिहरु धरौटी बुझाएर रिहा भएका हुन् ।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश राजेन्द्र अधिकारीको इजलाशले आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि उनिहरु धरौटि बुझाएर रिहा भएका हुन् ।

आक्रमणको अभियोग लागेका रमा प्रधानलाई २ लाख ५० हजार तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनिल पाख्रीनलाई जनही २ लाख रुपैँयाको दरले अदालतले धरौटी माग गरेको थियो । अदालतले मागेको रकम बुझाएर उनिहरु रिहा भएका हुन् ।

यसैबिच चिकित्सक आक्रमणका अर्का आरोपित हेटौँडा १२ का ३६ वर्षका शुवास स्याङतानलाई आज प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । १३ जना विरुद्ध परेको उजुरीमा अझै ६ जना फरार रहेको प्रहरीको भनाई रहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *