त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृखला नेपालले यूएईसँग खेलेर सुरु गर्ने – Nepal Press

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृखला नेपालले यूएईसँग खेलेर सुरु गर्ने

काठमाडौं । टी-२० विश्वकपको छनोट तयारीका रुपमा आयोजना हुन लागेको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

नेपालले अक्टोबर १८ मा यूएईसँग खेल्ने छ । नेपालले दोस्रो खेल अक्टोबर १९ मा हङकङ र तेस्रो खेल अक्टोबर २१ तारिखमा हङकङसँग खेल्ने छ ।

नेपालले लिग चरणको अन्तिम खेल अक्टोबर २३ तारिखमा यूएईसँग खेल्ने छ । प्रतियोगिताको फाइनल अक्टोबर २७ तारिखमा हुने छ। प्रतियोगिताका खेलहरु मुलपानीमा हुनेछन्। विश्वकपमा एसियाली छनोटको विजेताले स्थान बनाउने छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर