आज जाने नेपाल एयरलाइन्सको विमानमा इजरालयमा मारिएका विद्यार्थीको शव नआउने, प्रोटोकल मिलाउन बाँकी

२०८० असोज २४ गते १७:०३

काठमाडौं । नेपाल एयरलाइन्सको आज राति इजरायल जाने विमानले हालै हमासबाट मारिएका विद्यार्थीको शव ल्याउन नसक्ने सरकारले जनाएको छ ।
इजरायल युद्धमा रहेको र शव ल्याउनुपर्ने बेग्लै प्रोटोकलहरु पूरा गर्न नसकिने जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यो बाध्यतालाई पीडित परिवारले पनि बुभिदिन आग्रह गरेकी छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर