लगातारको गिरावटपछि आज सामान्य बढ्यो नेप्से – Nepal Press

लगातारको गिरावटपछि आज सामान्य बढ्यो नेप्से

काठमाडौं । लगातारको गिरावटपछि शेयरबजार सामान्य अंकले बढेको छ ।

बुधबार नेप्से परिसूचक ५.१६ अंकले बढेर १८९४.७६ बिन्दुमा कायम भएको छ । ३७ लाख ३३ हजार ५२४ कित्ता शेयरको खरिदबिक्री हुँदा आज १ अर्ब ८ करोड ८५ लाख ४७ हजार ९८० रूपैयाँको कारोबार भयो ।

आइतबर ३५ अंकले घटेको नेप्से सोमबार १२ र मंगलबार १९ अंकले गिरावट आएको थियो ।

आज सीटी होटल्स लिमिटेड, मण्डू हाइड्रोपावर लिमिटेड र हाटवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको शेयर सकिर्ट लेबलमा कारोबार भई सर्वाधिक नाफामा रहे । भने, सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड, ग्रिन डेभल्पमेन्ट बैंक र बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

आज उपसमूहतर्फ भने तीन समूहबाहेकका १० वटा समूहको शेयर बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर