देशको संकट टार्न एकीकृत समाजवादी आएको छ, हिजोकै जस्तो भाषण मात्रै गर्दैनौँ : घनश्याम भुसाल – Nepal Press

देशको संकट टार्न एकीकृत समाजवादी आएको छ, हिजोकै जस्तो भाषण मात्रै गर्दैनौँ : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले विगतमा कांग्रेस, कम्युनिष्टले गरेका राम्रा नराम्रा सम्पूर्ण कुराहरू जिम्मा लिएर नयाँ बाटोमा देशलाई हिँडाउन आफूहरू अभियानमा आएको बताएका छन् ।

बाँकेको कोहलपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै रेमिट्यान्सले देश समृद्ध हुन नसक्ने भन्दै देशलाई जोगाउन नेकपा एस अगाडि आएको बताए ।

उनले भने, ‘आज मुलुक गम्भीर संकटमा छ । यस घडीमा कोही न कोही अगाडि आउनै पर्थ्यो । यस हिसाबले नेकपा एकीकृत समाजवादी आएको छ । नेपाल—अंग्रेज युद्धका बेला बढी कर उठाएपछि गरिबी बढेको भेटिन्छ । जुन आज अचाक्ली बढेको छ । यो बर्बादी तोड्नुपर्छ । युवाहरूले स्वदेशमै रोजगार नपाएसम्म यो समस्या जारी रहन्छ। मुलुक उकुसमुकुसमा छ ।

उनले नेपालीहरू सुनको कचौरामा भिख माग्न विदेश गइरहेको टिप्पणी गरे।

उनले भने, ‘यति थोरै जनसंख्या भएको मुलुकका लाखौँ युवाहरू विदेशमा छन् । अर्बौँ रेमिट्यान्स भित्रिन्छ भनिन्छ। तर, त्यसको ८५ प्रतिशत उतै जान्छ भनेर भनिँदैन । हाम्रो गुजारा टाल्नकै लागि हामी आयातमा निर्भर छौँ । घर खर्च, साँझ बिहान खर्च चलाउनमै रेमिट्यान्स ठिक्क छ ।

उनले आफूहरू हिजोकै जस्तो भाषण गर्न अभियानमा नआएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर