गुणस्तरहीन पानी भेटिएपछि त्रिकोण वेभरेजलाई एक लाख जरिवाना तिराइयो – Nepal Press

गुणस्तरहीन पानी भेटिएपछि त्रिकोण वेभरेजलाई एक लाख जरिवाना तिराइयो

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिकोण वेभरेज इन्डस्ट्रिजलाई एक लाख रूपैयाँ जरिवाना तिराएको छ । बालाजु औद्योगिक क्षेत्रमा सञ्चालित यो कम्पनीले जार तथा बोतलको पानी उत्पादन गर्दै आएको थियो ।

मंगलबार महानगरको बजार अनुगमन समितिले इन्डस्ट्रिजलाई एक लाख जरिवाना तिराएको हो ।

अब उप्रान्त जारमा पानी भर्नुअघि निर्मलीकरण गर्न र पानी परीक्षणको रिपोर्ट प्रत्येक महिना ढुवानीकर्तालाई उपलब्ध गराउनसमेत कम्पनीलाई सचेत गराइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर