नेवानीको जहाज नयाँ दिल्ली एयरपोर्टमा बिग्रिएपछि ५ घण्टादेखि उडान ढिला – Nepal Press

नेवानीको जहाज नयाँ दिल्ली एयरपोर्टमा बिग्रिएपछि ५ घण्टादेखि उडान ढिला

काठमाडौं । आज बिहान नेपालबाट भारतको नयाँ दिल्ली गएको नेपाल वायुसेवा निगमको जहाज बिग्रिएको छ ।

बिहान नेपालबाट सवा ८ मा दिल्ली गएको जहाज एयरपोर्टमा बिग्रेपछि नेपाल आउने यात्रु समस्यामा परेका छन् । जहाज मर्मतको काम भइरहेको भन्दै करिब आधा घन्टामा बनाएर उडानको
तयारी भइरहेको नेवानीले जनाएको छ ।

उडान नम्बर आरए २०६ को जहाजमा समस्या आएपछि दिल्ली एयरपोर्टमा मर्मत भइरहेको छ । ३ पटकसम्म उडान क्यान्सिल गर्दै डिले भएपछि दु:ख पाएको साथै एयरलाइन्सका कुनै कर्मचारीसाग सम्पर्क हुन नसकेको यात्रुको गुनासो छ ।

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले बिहान १० बजे नेपाल आउनुपर्ने भएपनि जहाजमा प्राविधिक समस्या आएकोले उडान सारिएको बताए ।

उनले भने, ‘जहाजमा समस्या देखिएर मर्मत भइरहेकाले उडान सरेको हो । अब आधा घन्टामा जहाज बनेर नेपाल आउने छ । यात्रुले निगमसँग सजिलै सम्पर्क गर्न सक्नेछन् । त्यस्तो समस्या छैन ।’


प्रतिक्रिया

One thought on “नेवानीको जहाज नयाँ दिल्ली एयरपोर्टमा बिग्रिएपछि ५ घण्टादेखि उडान ढिला

  1. असाेज २० गते पनि ४:२० काे उडान तालिका बताएर बाेलाईका यात्रु राति झण्डै १:३० बजे काठमाडौ ल्याईपुर्याएकाे थियाे नेपाल एअरलायन्सले । स्टन्टवाला मन्त्री र कामचाेर स्टाफकाे सिकार भएकाे छ नेपाली ध्वजाबाहक विमान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *