निकुञ्ज क्षेत्रमा आदिवासीको स्वामित्व हुनुपर्ने महासंघको माग, व्यापारिक प्रयोजनमा दिन खोजिएकोमा विरोध – Nepal Press

निकुञ्ज क्षेत्रमा आदिवासीको स्वामित्व हुनुपर्ने महासंघको माग, व्यापारिक प्रयोजनमा दिन खोजिएकोमा विरोध

काठमाडौं । नेकपा एमाले सम्बद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघले वनमन्त्री डा. वीरेन्द्र प्रसाद महतोलाई विरोध पत्र बुझाएको छ ।

प्रथमतः आदिवासी जनजातिहरुलाई विस्थापित गरेर सँरक्षित क्षेत्र बनाइएको र अहिले तीनै भूमि व्यापारिक प्रयोजनको लागि सरकारले नै बेच्न मिल्ने गरी कार्यविधि बनाउन लागिएको भन्दै महासंघले असहमति जनाउँदै विरोध पत्र बुझाएको हो ।

महासंघे कार्यविधि फिर्ता, त्यसको सट्टा त्यस्ता संरक्षितहरुलाई बरु आदिवासी जनजाति प्रथा परम्पराद्वारा सँरक्षित क्षेत्र बनाइ आदिवासी जनजाति कै स्वमित्व कायम गरियोस् भन्ने माग राखेको छ ।

यस क्रममा महासंघका पदाधिकारीले मन्त्रालयको सचिव डा.दिपककुमार खरालसँग पनि छलफल गरेका छन् । उनीहरुले यो विषयलाई गम्भीर रुपमा लिने र छलफल गर्ने प्रतिवद्धता व्यक्त गरेको महासंघले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर