इजरायलका लागि नेपाली राजदूतलाई तत्काल निलम्बन गर्नुपर्छ : प्रभु शाह (भिडिओ) – Nepal Press

इजरायलका लागि नेपाली राजदूतलाई तत्काल निलम्बन गर्नुपर्छ : प्रभु शाह (भिडिओ)

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु शाहले इजरायलका लागि नेपाली राजदूतलाई तत्काल निलम्बन गर्न माग गरेका छन् ।

मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले इजरायलमा नेपाल सरकारको कूटनीतिक असफलता भएको बताए ।

उनले कूटनीतिक सम्बन्धलाई सन्तुलित बनाउन नसक्दा अहिले उद्धारमा ढिलाइ भइरहेको बताए । उनले सरकारले भागबण्डा गरेर राजदुत नियुक्ति गर्नाले असक्षम राजदुत नियुक्ति हुने गरेको बताए ।

उनले भने, ‘इजरायलमा नेपाल सरकारको कूटनीतिक असफलता हो यो । कतै न कतै कुटनीतिक सम्बन्धलाई सन्तुलित बनाउन सकेनौँ । त्यो देश पहिलाबाट नै युद्धरत छ । ती दुवै पक्षबीच युद्धमा नै थियो । त्यहाँको राजदुत के गरेर बसेको थियो । मेरो सुझाव सरकारले त्यो राजदूतलाई निलम्वन गर्नुपर्छ । फिर्ता बोलाउनुपर्छ । त्यो एम्बेस्डरलाई त्यो ठाउँ कस्तो थियो थाहा हुनुपर्दथ्यो । बाहिरि कुरा देखाएर हुँदैन । सरकारले भागबण्डा गरेर राजदूत नियुक्ति गरेपछि यस्तै हुन्छ । सरकारले आत्मलोचित भएर क्षमा माग्नुपर्छ ।’

सांसद साहले इजरायलसँग कुटनीतिक असफलता व्यहोरेको भन्दै सरकारले आत्मालोचित हुनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर