एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन: ५ पदाधिकारीमा २४ जनाको उम्मेदवारी – Nepal Press

एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन: ५ पदाधिकारीमा २४ जनाको उम्मेदवारी

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनको लागि उम्मेदवारी दर्ताको समय सकिएको छ । ५ पदाधिकारीमा २४ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा चार, उपाध्यक्षमा ७, सचिवमा ४ र उपसचिवमा ९ जनाको उम्मेदवारी परेको हो । उपसचिवका ९ मध्ये ३ जना महिला छन् ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी, वचनबहादुर सिंह र भरत साउदको उम्मेदवारी परेको छ । उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालीबहादुर शाही, हजारीसिंह साउद र गजेन्द्र बहादुर शाहीले उम्मेदवारी दिएका छन् ।

सचिवमा रणबहादुर चन्द, राजेश खाती, रतनराज रेग्मी, जीवनकुमार बमको उम्मेदवारी परेको छ । उपसचिव (महिला) तर्फ भागरथी विष्ट, कन्दकलाकुमारी राना र अर्चना गहतराजले उम्मेदवारी दिँदा खुल्लातर्फ रामदत्त जोशी, अशोककुमार चन्द, नरबहादुर बिक, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्टले प्रतिस्पर्धा गर्ने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर