इजरायलमा रहेका नागरिकलाई सुरक्षित स्थानान्तरणको उपाय खोज्ने निर्णय, शव ल्याउन समन्वय गर्ने – Nepal Press

इजरायलमा रहेका नागरिकलाई सुरक्षित स्थानान्तरणको उपाय खोज्ने निर्णय, शव ल्याउन समन्वय गर्ने

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले इजरायलमा जारी पछिल्लो द्वन्द्वमा परी मृत्यु भएकाहरुको शव यथाशीघ्र फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

शव नेपाल ल्याउनका लागि इजरायली पक्षसँग समन्वय गर्ने निर्णय बैठकले गरेको हो ।

यस्तै इजरायलमा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय पनि गरिएको छ ।

नेपाल सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो । संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपाली नागरिकको अवस्था पहिचान र उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कामहरु गर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *