इजरायलमा समस्यामा रहेकाको उद्धार र मृत्यु भएका नेपालीहरूको शव ल्याउन विवरण संकलन सुरु – Nepal Press

इजरायलमा समस्यामा रहेकाको उद्धार र मृत्यु भएका नेपालीहरूको शव ल्याउन विवरण संकलन सुरु

काठमाडौं । सरकारले इजरायलमा समस्यामा परेकाहरूको उद्धार र मृत्यु भएका नेपालीहरूको शव ल्याउन पहल थालेको छ ।

त्यहाँस्थित दूतावासले एक विज्ञप्ति जारी गर्दै मृतकहरूको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरूको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध गरिएको जनाएको छ ।

साथै अहिले अनलाइनबाट विवरण संकलनको काम पनि भइरहेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपाली नागरिकहरूको विवरण संकलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भइरहेको छ ।’

शनिवार प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर