मत बाँडिँदा मनहरू पनि बाँडिने रहेछ : कर्ण थापा – Nepal Press

मत बाँडिँदा मनहरू पनि बाँडिने रहेछ : कर्ण थापा

कैलाली । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले निर्वाचनमा मत बाँडिँदा मनहरू पनि बाँडिने गरेको टिप्पणी गरेका छन् ।

सुदूरपश्चिम प्रदेशका पहिलो अधिवेशनको उद्घाटन सत्रमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन सर्वसम्मत बनाउनु पर्छ भन्ने थियो धेरै ठाउँमा प्रतिस्पर्धा भयो । मतहरू बढिदा मनहरू पनि बाँडिने रहेछ’ उनले भने ।

सुदूरपश्चिम प्रदेशमा सहज ढंगले सहमति हुने सम्भावना रहेको उनले बताए । थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यक्तित्व निर्माण गर्न सुदूरपश्चिमले धेरै महत्त्वपूर्ण भूमिका खेलेको समेत बताए ।

सुदूरपश्चिम प्रदेशमा आजबाट प्रदेश अधिवेशन सुरु भएको छ । अहिले उद्घाटन सत्र चलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर