प्रदेशसभामा सम्बोधन गरेर हिक्मत कार्कीले दिए मुख्यमन्त्रीबाट राजीनामा (भिडिओ) – Nepal Press

प्रदेशसभामा सम्बोधन गरेर हिक्मत कार्कीले दिए मुख्यमन्त्रीबाट राजीनामा (भिडिओ)

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मध्यावधि निर्वाचनमा जान नदिन एमाले त्याग गर्न तयार रहेको भन्दै पदबाट राजीनामा दिएका छन् ।

विश्वासको मत लिनुअघि नै आफूले प्रदेश प्रमुख समक्ष राजीनामा दिएको उनले बताए ।

उनले जानी नजानी अहिले कोशी प्रदेशको राजनीति जटिल मोडमा पुगेको बताए ।

प्रदेशमा कुनै पनि दलको बहुमत नरहेको र दलकाबीचमा सहकार्य हुन नसके थप जटिल मोडमा पुगेको बताए ।

कार्कीले आफ्नो पक्षमा बहुमत नभएपछि विश्वासको मत लिने प्रस्ताव फिर्ता लिएपछि कोशी प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर