श्रीमतीको हत्या गरी श्रीमानद्वारा आत्महत्या – Nepal Press

श्रीमतीको हत्या गरी श्रीमानद्वारा आत्महत्या

दाङ । दाङमा सल्यानका युवकले श्रीमतीको हत्यागरी आफूले आत्महत्या गरेका छन् । सल्यानको त्रिवेणी ४ फलाबाङ घर भई तुलसीपुर ९ बेलुवामा डेरागरी बस्ने २५ वर्षिय सुशील भण्डारीले २२ वर्षिया श्रीमती पवित्रा डाँगीको हत्यागरी आफूले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

इप्रका तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवराज केसीका अनुसार हिजो बेलुकीदेखि आज बिहान अबेरसम्म ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका फोडेर हेर्दा सुशील पंखामा झुन्डेको पवित्रा खाटमा मृत अवस्थामा फेला पारेको थियो ।

पवित्राको टाउको गम्भीर चोट देखिएको छ । सुशीलले श्रीमतीको कुटपीट गरी हत्या गरेर आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

प्रहरीका अनुसार सुशील दम्पती करिब डेढ महिना अघि बेलुवाका धनबहादुर राम्जाको घरमा डेरागरी बस्दै आएका थिए । उनीहरू दुवैले मजदुरी गर्दै आएको प्रहरीले जनाएको छ । उनीहरूको शव पोष्टमार्टमकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *