कोशीको एमाले संसदीय दल बैठक बस्दै – Nepal Press

कोशीको एमाले संसदीय दल बैठक बस्दै

विराटनगर । कोशी प्रदेशसभाका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनु अगाडि एमाले संसदीय दलको बैठक बस्दै छ ।
१ बजेदेखि सुरु हुने सदनमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनु अगाडि एमाले संसदीय दलको बैठक डाकेका हुन् ।

बैठक बस्ने तयारी भइरहेको एमाले सम्सदिय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेको आज ३० दिन पुग्दैछ ।

तर, अहिलेसम्मको राजनीतिक समीकरणमा कार्कीले विश्वासको मत पाउने अवस्था देखिएको छैन् । एमालेसँग उपसभामुखसहित प्रदेश सभामा ४० सदस्य छन । सभामुख पद रिक्त रहेको अवस्थामा उपसभामुखलले सभा चलाउँदा ३९ जना एमालेका प्रदेश सभा सदस्यले मात्रै विश्वासको मत दिन पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर