संवैधानिक संस्थाको गरिमा जोगाउन राष्ट्रपतिलाई विवेकशील साझाको आग्रह – Nepal Press

संवैधानिक संस्थाको गरिमा जोगाउन राष्ट्रपतिलाई विवेकशील साझाको आग्रह

काठमाडौं । विवेकशील साझा पार्टीका पदाधिकारी, लेभेटेर र अध्यक्षसहितले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी ‘संघीय लोकतान्त्रिक गणतन्त्र प्रवर्द्धन अभियान’ बारे ध्यानाकर्षण गराएका छन् ।

पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, विमला अधिकारी घिमिरे, केन्द्रीय सदस्य डा. सुशील साह सम्मिलित प्रतिनिधिमण्डलले राष्ट्रपति, अदालत र यसको आधारशिला भएका संवैधानिक निकायको गरिमा कायम राख्न राष्ट्रपतिको विशेष कर्तव्य भएको बताएका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थिरता र विकास, लोकतन्त्रको संस्थागत विकास र नागरिकको समृद्धिको आकांक्षा पूरा गर्न संवैधानिक निकायको भूमिका महत्वपूर्ण हुने भएकाले विवेकशील साझाले यी संस्थाहरूलाई गुटबन्दीबाट मुक्त गर्नुपर्नेमा राष्ट्रपतिलाई जानकारी गराएको हो ।
प्रतिनिधिमण्डलले संविधानको संरक्षण र प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय सहमति ल्याउन पहल गर्न सबै दललाई भूमिका खेल्न आग्रह समेत गरेको छ । सो अवसरमा राष्ट्रपति पौडेलले सात दशकको संघर्षपछि प्राप्त भएको नेपालको संविधानको संरक्षण र सम्बर्द्धन गर्दै मुलुकको समृद्धिमा केन्द्रित रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर