भन्सारसम्बन्धी कानूनमा निर्यातजन्य उद्योगलाई कच्चा पदार्थ आयातमा छुट गर्ने तयारी – Nepal Press

भन्सारसम्बन्धी कानूनमा निर्यातजन्य उद्योगलाई कच्चा पदार्थ आयातमा छुट गर्ने तयारी

काठमाडौं । सरकारले निर्यातजन्य उद्योगलाई कच्चा पदार्थ ल्याउदा भन्सार नलाग्ने कानूनको तयारी गरेको छ ।

भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमार्फत निर्यातजन्य उद्योगले धरौटीमा कच्चा पदार्थ आयात गर्न सक्ने व्यवस्था गर्न लागिएको हो ।

संसदमा दर्ता भइसकेको विधेयकमा कुनै उद्योगले गरेको उत्पादन बैंकिङ प्रणालीमार्फत निकासी गर्ने वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमै बिक्री गर्ने भएमा त्यस्तो वस्तु उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ र सहायक कच्चा पदार्थ पैठारी गर्दा लाग्ने महसुल तोकिएबमोजिम नगद धरौटी राखी पैठारी गर्न दिइने प्रस्ताव गरिएको छ ।

उद्योगीहरूले लामो समयदेखि यस्तो व्यवस्था हुनुपर्ने माग गर्दै आएका थिए । सोहीअनुसार सरकारले विधेयकमै व्यवस्था गरेर कानूनमै यो प्रावधान गर्न लागेको छ । जहाँ उद्योगीहरुले भने नगद धरौटी नभई बैंक ग्यारेन्टीका आधारमा निर्यातजन्य उद्योगले कच्चापदार्थ आयात गर्न सक्ने व्यवस्था हुनुपर्ने बताएका छन् ।

विद्ययेकमा उल्लेख भएअनुसार वस्तु निकासी भएर विदेशी परिवर्त्य मुद्रा आर्जन भएपछि वा विदेशी मुद्रामा स्वदेशमै बिक्री गरेपछि धरौटी फिर्ता हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर