शिक्षा विधेयक संघीयताविरोधी : सीके राउत (भिडिओ) – Nepal Press

शिक्षा विधेयक संघीयताविरोधी : सीके राउत (भिडिओ)

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयताविरोधी भएको टिप्पणी गरेका छन् । विधेयकमाथि सैद्धान्तिक छलफलको क्रममा बोल्दै जिल्ला शिक्षा कार्यालय राख्ने प्रावधान हटाउन माग गरे ।

उनले भने, ‘यो शिक्षा विधेयक जसको लागि ल्याइएको हो । जसको प्रयोजनको लागि ल्याइएको हो । त्यो नै स्पष्ट नभएको, त्यसको नै पर्याप्त छलफल नभएको, त्यसलाई नै पर्याप्त सम्बोधन नगरेको जस्तो यहाँ देखिन्छ । त्यही भएर यहाँ शिक्षकहरुले पनि आन्दोलन गरे । आफ्नो तलब, सेवा, सुविधा वृद्धिका लागि यहाँ सम्झौता गरियो । निजी विद्यालयहरूले पनि आन्दोलन गरे । आफ्नो माग पूरा गरे । तर, गरिब विद्यार्थीका लागि चाहीँ कसले बोलिदिने ? आम विद्यार्थीका लागि चाँही कसले बोलिदिने ? त्यो यहाँ नभएको हुनाले म बोल्न बाध्य भएको हुँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर