घण्टाघरका दुई माली निकालिएकोमा मजदुर नेताले गराए मेयर हर्क साम्पाङको ध्यानाकर्षण – Nepal Press

घण्टाघरका दुई माली निकालिएकोमा मजदुर नेताले गराए मेयर हर्क साम्पाङको ध्यानाकर्षण

विराटनगर । धरानको घण्टाघरमा मालीको रूपमा कार्यरत मजदुरहरू राजेश राई र नरबहादुर सुब्बालाई कामबाट निकालेकोमा न्यायका लागि धरानका तीनवटा ट्रेड युनियनहरूले मेयर हर्क साम्पाङलाई भेटेर ध्यानाकर्षण गराएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष तथा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) राष्ट्रिय कमिटी सदस्य भीमज्वाला राईसहित अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन कांग्रेस आबद्ध विभिन्न सङ्गठनको प्रतिनिधि मण्डलले मेयर साम्पाङलाई कार्यकक्षमा भेटेर उनीहरूको पुनर्वहाली या न्यायोचित उपदान व्यवस्था गर्न माग गरेका हुन् ।

प्रतिनिधिमण्डलको अगुवाइ गर्दै गएका अध्यक्ष राईले मजदुरहरूको पुनर्वहाली पहिलो सर्त भएको बताए । उनले यदि बिदाई गर्ने हो भने श्रम ऐन २०७४, नियमावली २०७४ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार उपदान दिएर बिदाई गर्नुपर्ने बताए ।

नरबहादुर सुब्बा २०६२ साउन १ गतेदेखि र प्रकाश राई २०७२ साउन १३ गतेदेखि घण्टाघरमा मालीको रूपमा कार्यरत् थिए । उपमहानगरपालिकाले २०८० साउन १ गतेदेखि उमेरको हदबन्दीलाई कारण देखाउँदै कुनै पनि क्षतिपूर्ति नदिई निष्कासन गरेको थियो ।

सो विषयमा साम्पाङलाई तीनवटै ट्रेड युनियनहरूको तर्फबाट संयुक्त ज्ञापनपत्र बुझाएपछि भदौ ११ गते मेयर र मजदुर प्रतिनिधिहरूको उपस्थितिमा सहमति भएको थियो । सहमतिअनुसार निकालिएका मालीहरूलाई एक वर्ष कार्यकाल थपिदिने वा चित्तबुझ्दो अनुदान स्वरूप सहयोगका लागि कार्यपालिकाको बैठकमा प्रस्तुत गर्ने निर्णय भएको थियो ।

तर, असोज १७ गते भएको धरान उपमहानगर कार्यपालिका बैठकमा मजदुरहरूलाई उपदान दिने विषयमा कुनै निर्णय नभएपछि मेयरलाई भेटेर तत्काल यस विषयमा ध्यानाकर्षण गराएको थियो ।

छलफलपछि मेयर साम्पाङले कार्यपालिका बैठक सौहार्द नभएकाले निर्णय गर्न नसकिएको बताएका थिए । घण्टाघर व्यवस्थापन समितिबाट आउनुपर्ने १५ लाख नगरपालिकामा आइनसकेको, अन्य पैसासमेत कहाँ गयो भन्ने टुङ्गो नभएको बताउँदै समितिले राखेको त्यही पैसाबाट मजदुरहरूलाई सहयोग गर्नुपर्ने साम्पाङले बताए । उनले त्यो पैसा खोज्न मलाई सहयोग गर्नुस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर