नेपालका कराँते खेलाडी विप्लवले कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने – Nepal Press

नेपालका कराँते खेलाडी विप्लवले कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने

काठमाडौं । १९औँ एसियाली खेलकुदअन्तर्गत कराँतेमा नेपालका विप्लवलाल श्रेष्ठले कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

कुमुतेको ८४ केजी माथि तौल समूहमा उनले साउदी अरबका तारेख अली मोहम्मद हामेदीसँग प्रतिस्पर्धा गर्नेछन् ।

विप्लवलाई क्वाटरफाइनलमा हराएका खेलाडी फाइनलमा पुगेपछि उनले कास्य पदकका लागि भिड्ने अवस्था बनेको हो । उनले रिपिचेजको पहिलो चरणमा बाई पाए ।

हामेदीलाई सेमिफाइनलमा हराएका किर्गिस्तानका खेलाडीले क्वाटरफाइनलमा विप्लवलाई पराजित गरेका थिए ।

हामेदी ओलम्पिकका रजत विजेता तथा एसियन च्याम्पियनसिपका स्वर्ण पदक विजेता हुन् ।

विप्लवले ताजिकिस्तानका खेलाडीलाई हराएर क्वाटरफाइनलमा स्थान बनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर