अन्जान व्यक्तिलाई सामान पाउने आशमा कुनै रकम भुक्तानी नगर्न भन्सार कार्यालयको अनुरोध – Nepal Press

अन्जान व्यक्तिलाई सामान पाउने आशमा कुनै रकम भुक्तानी नगर्न भन्सार कार्यालयको अनुरोध

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले गलत सूचनाको प्रलोभनमा परि अन्जान व्यक्तिलाई सामान पाउने आशमा कुनै रकम भुक्तानी नर्गन अनुरोध गरेको छ ।

विमानस्थल कार्यालयमा ‘विदेशबाट तपाईको नाममा सामान आएको र सामान विमानस्थल भन्सार कार्यालयमा रहेको छ सामान छुट्याउन पैसा तुरुन्त पठाउनुहोस’ भन्ने गरेको भनि कार्यालयमा सोधपुछ गर्न आउनेको संख्या बढ्दै गएपछि विमानस्थल भन्सार कार्यालयले सुचना जारी गर्दै यस्ता भ्रामक सूचनाको प्रलोभनमा नपर्न अनुरोध गरेको हो ।

कार्यालयका अनुसार फोन तथा विभिन्न सामाजिक संजालका माध्यमको प्रयोग गरी विभिन्न व्यक्तिले यस्तो गलत सुचनाको प्रलोभनमा पर्ने व्यक्तिहरु सोधपुछका लागि विमानस्थल भन्सार कार्यालयमा आउने संख्या बढ्दै गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर