प्रधानमन्त्रीको चीन भ्रमणबारे रघुजी पन्तको टिप्पणी- हात्ती आयो, हात्ती आयो फुस्सा – Nepal Press

प्रधानमन्त्रीको चीन भ्रमणबारे रघुजी पन्तको टिप्पणी- हात्ती आयो, हात्ती आयो फुस्सा

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीले चीन भ्रमणबाट महत्वपूर्ण अवसर गुमाएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा आर्थिक, भौतिक संरचनाको विकासमा कोशेढुंगाको भुमिका खेल्ने अपेक्षा गरिएको भएपनि त्यसो हुन नसकेको बताए । उनले प्रधानमन्त्रीको चीन भ्रमण ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ भएको टिप्पणी गरे । भ्रमणका क्रममा मुलुकको अग्रगति, उन्नति र गरिबी हटाउनका लागि कुनै आयोजना कार्यान्वयन हुन नसक्नु दुःखद् भएको उनले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले एउटा महत्वपूर्ण अवसर चीन भ्रमणमा मुलुकको विकासको लागि, मुलुकको अग्रगतिको लागि, मुलुकको उन्नतिको लागि, यो देशका जनताको गरिबी हटाउनका लागि यो मुलुकलाई विकासको बाटोमा अगाडी बढाउनका लागि र केपी ओलीको पालामा प्रश्तावित भएका ९ वटा योजनाहरुलाई कार्यान्वयन गर्ने मौका चुकाउनु भयो । यो देशका लागि अत्यन्त दुःखद कुरा हो ।’

उनले नेपालको प्रधानन्त्रीले एमसीसीका कार्यकारी निर्देशकसँग उभिएर एमसीसी कार्यान्वयन शुभारम्भ हुने कार्यक्रमको उद्घाटन गर्नु कुटनीतिक मर्यादा विपरित भएको टिप्पणी पनि गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर