शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्दो – Nepal Press

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्दो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजारमा दोहोरो अंकले गिरावट भएको छ ।

बिहीबार नेप्से परिसूचक(नेप्से) ११.०४ अंकले घटेर १९५६.९२ बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ३५ लाख ६२ हजार ६२४ कित्ता सेयर खरिदबिक्री हुदाँ १ अर्ब १० करोड ६५ लाख १९ हजार ४१८ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, आज बराही हाइड्रोपावर पब्लिक लिमिटेड, इस्ट्रन हाइड्रोपावर लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था र प्रोग्रेसीभ फाइनान्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् भने इन्फिनीटी लघुवित्त वित्तीय संस्था, मध्य भोटेकाकेशी जलविद्युत कम्पनी र सीवाईसी नेपाली लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

त्यसैगरी, कारोबारका आधारमा सिजिन्स लाईफ इन्स्योरेन्स कम्पनी ४ करोड ४३ लाख रुपैयाँको कारोबारका साथ सिर्ष स्थानमा रहेको छ ।

बिहीबार बजार पूँजीकरण २९ खर्ब ८३ अर्ब रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर