बझाङ भूकम्पका पीडितलाई राष्ट्रिय युवा संघले दियो राहत – Nepal Press

बझाङ भूकम्पका पीडितलाई राष्ट्रिय युवा संघले दियो राहत

कैलाली । बझाङका भूकम्प पीडितलाई नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघले राहत उपलब्ध गराएको छ । राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य तथा बझाङका निवर्तमान इन्चार्ज लोकेश सिंह, जिल्ला अध्यक्ष संसार खड्का, नरेश सिंह, आकाश जेठारा लगाएतका युवाहरूले पीडितलाई राहत उपलब्ध गराएका हुन् ।

पूर्ण रुपमा घरमा क्षति भएर खान तथा बस्नका लागि समस्या भएका १सय भन्दा बढी पीडित परिवारलाई राहत दिइएको हो ।

मंगलबार ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प जाँदा बझाङ १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । यहाँ सयौँ घरहरूमा क्षति पुगेको छ । भूकम्प पीडितलाई ७० बोरा चामल ५० वटा त्रिपाल ५० वटा फिना लगाएतका १ लाख ८० हजार बराबरका राहत सामाग्री प्रदान गरिएको राष्ट्रिय युवा संघले जनाएको छ ।

भूकम्पले घरमा क्षति पुराएर खुल्ला आकाश मुनि बस्न बाध्य भएकाहरूले तत्कालको लागि राहत पाएपछि राष्ट्रिय युवा संघलाई धन्यवाद दिएका थिए । उनीहरुले सरकारले आफूहरूको व्यवस्थापनमा चासो नदिएको गुनासो गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *